समाज
-
२०८० जेठ २२, सोमबार
विना कुनै प्रमुख अतिथि उद्घोषण तालीमको समापन
सामान्यतया कुनै औपचारिक कार्यक्रम हुँदा कार्यक्रमको स्वरुप कस्तो होला ? आसन ग्रहण, सभापति, प्रमुख अतिथि, कार्यक्रमको औपचारिक उद्घाटन इत्यादि । प्रायको उत्तर यस्तै त आउला । स्वाभाविक पनि हो, औपचारिक कार्यक्रमको स्वरुप यस्तै त हुने हो नि । तर...
-
२०८० जेठ २२, सोमबार
३५६ वर्ष पुरानो स्वर्ण सिंहासन प्रर्दशन
तत्कालिन पाटनका राजा श्रीनिवास मल्लको ३ सय ५६ वर्ष पुरानो स्वर्ण सिंहासनको प्रदर्शन गरिएको छ । ललितपुरस्थित कृष्णमन्दिरको प्रांगणमा आईतबार नागसहितको स्वर्ण सिंहासन प्रदर्शन गरिएको हो । पाटन ओकुवहाल, महावोधिगृहका जोधाजु शाक्यले वि.स.१७२४ शुक्ल अष्टमी...
-
२०८० जेठ २१, आइतबार
मनमैजु देवी घरको पुनर्निर्माण सम्पन्न
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मनमैजु देवी घरको पुननिर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सो भवन पुननिर्माण सम्पन्न भएसँगे उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले सो...
-
२०८० जेठ २०, शनिबार
तीन दशकपछि बज्रधरको मूर्ति फर्काइयो
करिब तीन दशकअघिदेखि हराइरहेको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित बज्रधरको मूर्ति फर्काएर कुलायनमा भित्राइएको छ । भीमेश्वरको कोर्छे टोलबाट २८ वर्षअघिदेखि सो मूर्ति हराइरहेको थियो । मूर्ति फर्काएसँगै पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको...
-
२०८० जेठ १९, शुक्रबार
जेठ १८ लाई 'कालो दिन'को रुपमा मनायो
नेवार समुदायसम्मिलित आदिवासी जनजातिहरुले विहीबार अर्थात जेठ १८ गतेको दिनलाई 'कालो दिन'को रुपमा मनाएका छन् । वि.सं. २०५६ साल जेठ १८ गते सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिका, धनुषा र राजविराजका स्थानीय निकायमा कामकाजी भाषाका रुपमा मातृभाषालाई...
-
२०८० जेठ १७, बुधबार
आज विश्व धुमपानरहित दिवस
“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने मूल नारासहित नेपालमा यो दिवस मनाइरहेको छ । हरेक अंग्रेस महिनाको ३१ मे नेपाल लगायत विश्वभर विश्व धुमपानरहित दिवस मनाउने गरिन्छ । यो वर्ष सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना...
-
२०८० जेठ १६, मंगलबार
अज्ञात समूहले एनएमबि बैंकबाट ३५ लाख लुट्यो
महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् । आज दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ...
-
२०८० जेठ १४, आइतबार
प्राधिकरणले भूमिगत लाइनबाट विद्युत वितरण गर्ने
नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो । महाराजगञ्ज र...
-
२०८० जेठ ११, बिहिबार
रुकुम पश्चिममा बस दुर्घटना, पाँचको मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा आज विहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको जीप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा आज विहान करिब साढे आठ बजेतिर...
-
२०८० जेठ १०, बुधबार
फ्रान्समा २५६७औं बुद्धजयन्ती मनाइयो
२५६७औं बुद्धजयन्ती युरोपेली मुलुक फ्रान्समा पनि मनाएको छ । सप्ताहव्यापी बुद्ध जयन्ती मनाउने क्रममा अन्तर्राष्ट्रिय वैशाख डे को रुपमा फ्रान्समा बुद्ध जयन्ती सम्पन्न भएको हो । बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले...
-
२०८० जेठ १०, बुधबार
भोटोजात्राको अवसरमा भोलि उपत्यकामा सार्वजनिक बिदा
भोलि बिहिबार भोटोजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिइने भएको छ । आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि उपत्यकामा सार्वजनिक बिदा हुने जानकारी दिएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई जाउलाखेल पुर्याइएको चौथो दिनमा भोटो जात्रा...
-
२०८० जेठ १०, बुधबार
पत्रकार महासंघ उपत्यका प्रदेशको आन्दोलन स्थगित
विज्ञापन बोर्ड नेपालबाट पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापन बापतको रकम कटौती विरुद्ध नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अगुुवाईमा जारी आन्दोलन स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बापतको रकम नियमित हुने...
-
२०८० जेठ ८, सोमबार
स्थानीय संस्कृतिको अध्ययन र अभिलेखीकरणमा सभासद् श्रेष्ठको जोड
बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिको सांस्कृतिक, आर्थिक लगायत विविध पक्षलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद्...
-
२०८० जेठ ७, आइतबार
दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको चुचुरो चुमे
यो वर्षको सगरमाथा आरोहणको सिजन सुरु भइरहेको छ । गत दुई साताअघिदेखि सुरु भएको सगरमाथा आरोहणमा धेरै पर्वतारोहीहरु सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार विहीबारसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ ।...
-
२०८० जेठ ६, शनिबार
डा. अनोजा गुरुमाँको पार्थिव शरीर अस्पताललाई दान
हड्डी क्यान्सरको उपचारका क्रममा बुधवार विहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा देहावसान हुनु भएका अनागारिका डा. अनोजा गुरुमाँको हिजो शवयात्रा गरिएको छ । ६९ वर्षको उमेरमा देहवसान हुनु भएका गुरुमाँ नेपालको बौद्ध इतिहासमा पहिलो पटक मरणोपरान्त पार्थिव...
-
२०८० जेठ ५, शुक्रबार
३२५ जना आरोही पुगे सगरमाथाको चुचुरोमा
गत निबारदेखि शुरु भएको सगरमाथा आरोहणमा हालसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न एजेन्सीमार्फत ६५ देशका ५७८ आरोहीले अनुमति लिएका थिए । विभागका अनुसार विहीबार अबेरसम्म ३२५ जना...




