arin enterprises

बिचार

  • २०८० भाद्र २४, आइतबार

    पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने

    सरकारले आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । सरकारले देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान...

  • २०८० भाद्र २४, आइतबार

    ११०औं वीपी जयन्ती मनाईंदै

    ११० औं बीपी जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आजबाट सुरु...

  • २०८० भाद्र २३, शनिबार

    केन्द्रीय मानन्धर संघको धाः बाजा प्रदर्शनी सम्पन्न

    देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र...

  • २०८० भाद्र २३, शनिबार

    भिंद्यः जात्रा सम्पन्न

    हरेक वर्ष झैं यो वर्ष पनि ललितपुरस्थित भिंद्यः जात्रा अर्थात् भिमसेन जात्रा शुक्रबार सम्पन्न भएको छ । भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो जात्रा ललितपुरको मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर...

  • २०८० भाद्र २३, शनिबार

    मोरोक्कोको भूकम्पमा मर्नेको संख्या हजार पुग्यो

    मोरक्कोमा शुक्रबार राति सवा ११बजे गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार  पुगेको बीबीसीले जनाएको छ । हिजो राती मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल)...

  • २०८० भाद्र २३, शनिबार

    ब्राजिलको विजयी सुरुवात

    फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५–१ गोलले पराजित गरेको हो । ब्राजिलको जितमा राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल...

  • २०८० भाद्र २३, शनिबार

    स्पेनको फराकिलो जित

    युरोकप २०२४ छनोटमा स्पेनले जर्जियामाथि फराकिलो जित हासिल गरेको छ । समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेनले जर्जियालाई ७–१ गोल हासिल गरेको हो । जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यस्तै स्पेनका लागि...

  • २०८० भाद्र २३, शनिबार

    पोर्चुगल लगातार पाँचौ खेलमा विजयी

    युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौ खेलमा विजय हासिल गरेको छ । समूह जे अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको हो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोर्चुगलले स्लोभाकिया १–० गोल अन्तरले पराजित गयो...

  • २०८० भाद्र २२, शुक्रबार

    दिल्लीमा जी ट्वेन्टी सम्मेलनका लागि अभूतपूर्व सुरक्षा

    भारतको राजधानी नयाँ दिल्लीमा जी ट्वेन्टी सम्मेलनका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ । शनिबारदेखि सुरु हुने विश्वका विकसित तथा विकाशील २० वटा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी हुने सम्मेलन सुरु हुनु अघिल्लो दिन दिल्लीमा करीब ५० हजार...

  • २०८० भाद्र २२, शुक्रबार

    हङकङ र दक्षिणी चिनमा भीषण वर्षा

    हङकङ १४०वर्ष यताकै भारी वर्षाले डुबानमा परेको छ । वर्षाका कारण घना जनसंख्या भएको र पहाडी चिनियाँ क्षेत्रमा व्यापक बाढी गएको छ । त्यहाँका अधिकारीहरुले भारी वर्षाका कारण बाहिरि ननिस्कन सूचना जारी गरेको छ । भारी वर्षाका कारण सडक शपिंग मल, मेट्रो...

  • २०८० भाद्र २२, शुक्रबार

    जापानद्वारा चन्द्रमामा सफलपूर्वक रकेट प्रक्षेपण

    भारतपछि जापानले पहिलो पटक चन्द्रमामा सफलपूर्वक रकेट प्रक्षेपण गरेको छ । जापानको स्थानीय समय अनुसार बिहीवार बिहान ८:४२ बजे तानेग्शिमा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको हो । चन्द्रमामा रकेट प्रक्षेपण गर्ने जापान पाँचौ देश बनेको छ । जापान एरोस्पेस...

  • २०८० भाद्र २२, शुक्रबार

    चीनीया सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध

    चीनको केन्द्रिय सरकारी निकायका अधिकारीहरुलाई एप्पलको आईफोन लगायत विदेशी ब्रान्डका डिभाइस प्रयोग नगर्न चीनीया सरकारले निर्देशन दिएको छ । बुधवार चिनियाँ सरकारको यो निर्णयसँगै कार्यालयमा कार्यरत कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो...

  • २०८० भाद्र २२, शुक्रबार

    मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सरुवात

    फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरे...

  • २०८० भाद्र २२, शुक्रबार

    फ्रान्सको अपराजित यात्रा कायमै

    युरोकप २०२४ छनोटमा फ्रान्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार राती भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई पराजित गर्दै पाँचौ खेलमा अपराजित रह्यो । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजित...

  • २०८० भाद्र २२, शुक्रबार

    ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै

    आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक...

  • २०८० भाद्र २२, शुक्रबार

    आज २०औं निजमति दिवस

    २०औं निजामति दिवस आज मनाइँदैछ । २०६२ सालदेखि मनाउन लागिएको निजामति दिवसको यो वर्षको नारा “व्यावसायिक र  सिर्जनशील प्रशासनः विकास, समृद्धि र  सुशासन” भन्ने तय गरिएको छ । नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस...

Pages